काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी नेकपाका वरिष्ठ नेता माधव कुमार नेपालले कसैले फुटाउन खोज्दैमा नेकपा नफुट्ने दाबी गरेका छन्।शुक्रबार पुष्पलाल स्मृति दिवसको सन्दर्भमा आयोजित कार्यक्रममा बोल्दै सचिवालय तथा स्थायी समिति सदस्यसमेत रहेका उनले भने,‘नेकपा फुट्दैन। कोही चोइटिन खोजेमा चोइटिएला तर फुट्दैन।’ उनले आफू नै राज्य हो र आफूबिना संसार चल्दैन भन्ने भ्रममा समेत नपर्न आग्रह गरेका…