काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसदहरुले –कोभिड–१९ का कारण अस्तव्यस्त भएको मुलुकको शिक्षा, स्वास्थ्य र अर्थतन्त्रलाई माथि उठाउने गरी नीति तथा योजना आवश्यक रहेको बताएका छन् । राष्ट्रियसभाको मंगलबारको बैठकमा ‘विनियोजन विधेयक २०७७’ अन्तर्गत बिभिन्न मन्त्रालयमाथिको छलफलमा भाग लिँदै उनीहरुले सरकारले ल्याएको बजेटले प्रभावित क्षेत्रलाई सम्बोधन गर्न नसकेको बताए । छलफलमा भाग लिँदै…