काठमाण्डौ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङ्फेले सरकार सबै नागरिकमा न्यायको पहुँच पु¥याउन लागिपरेको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा मन्त्री तुम्बाहाङ्फेले सबैलाई न्यायको प्रत्याभूति गराउनेतर्फ सरकार सचेत रहेको बताउनुभयो । उहाँले मोबाइल एपको माध्यमबाट हातहातमा कानुनको जानकारी पु¥याउने किसिमको व्यवस्था मिलाउनेतर्फ मन्त्रालय लागिरहेको बताउनुभयो । न्यायमा समान पहुँचका लागि आवश्यक कार्यक्रमहरु प्रस्तावित…