काठमाडौं ।नेकपा एकीकृत समाजवादीका नेता मुकुन्द न्यौपानेले पार्टी परित्याग गर्नुभएको छ । काठमाण्डौमा पत्रकार सम्मेलन गरेर उहाँले पार्टीको सम्पूर्ण जिम्मेवारी परित्याग गर्दै पार्टीको साधारण सदस्य समेत नरहेको घोषणा गर्नुभएको हो । भविष्य नभएको पार्टीको नेता हुनभन्दा सम्मानित नागरिक भएर जिउनु जीवनको लागि महत्त्वपूर्ण कुरा हो भन्ने भनाइलाई आत्मसात् गरेर पार्टी परित्याग गरेको उहाँले बताउनुभएको छ…