काठमाडौं ।राष्ट्रपति पदका प्रतिस्पर्धी नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले राष्ट्रपति चुनावको परिणामलाई हार्दिकतापूर्वक स्वीकार गरेको बताउनुभएको छ । राष्ट्रपतिको आज बिहीवार भएको चुनावमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल विजयी भएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले लोकतन्त्रमा विश्वास गर्नेले प्रतिस्पर्धामा विश्वास गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । पूर्वसभामुख नेम्वाङले भन्नुभयो, ‘घोषणा भएको चुनाव परिणामलाई पनि मैले त्यसैरूपमा…