काठमाडौं ।सबैलाई आश्चर्य बनाउँदै नेपाली कांग्रेस त्याग्नु भएका युवा अर्थविद् डा स्वणिम वाग्ले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गर्नुभएको छ । डा वाग्ले रास्वपाबाट तनहुँ १ मा उपनिर्वाचनमा उठ्ने निश्चित भएको छ । मंसिरमा भएको संसदीय निर्वाचनमा रास्वपाले वाग्लेलाई काठमाडौंबाटै उम्मेदवार बनाउन प्रयास गरेको थियो । वाग्ले त्यसबेला कांग्रेसको घोषणापत्र मस्यौदा समितिमा रहेर…