१ श्रावण २०८३, शुक्रबार | Fri Jul 17 2026

गठबन्धन बैठकः राष्ट्रपति निर्वाचनलाई लक्षित गरेर बन्यो कार्यदल

काठमाडौं ।८ दलीय गठबन्धनले राष्ट्रपति निर्वाचनलाई लक्षित गरी कार्यदल गठन गरेको छ । गठबन्धनका उम्मेदवार कांग्रेस नेता रामचन्द्र पौडेललाई जिताउनका लागि आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले कार्यदल बनाएको हो । कांग्रेस उपसभापति पूर्णबहादुर खड्का नेतृत्वको कार्यदलमा माओवादी केन्द्रका महासचिव देव गुरुङसहित एकीकृत समाजवादीबाट महासचिव बेदुराम भूसाल र जनता समाजवादी पार्टीबाट राजेन्द्र श्रेष्ठ रहेका…