२८ आश्विन २०८३, बुधबार | Wed Oct 14 2026

माधव नेपालले भनेः देशका समस्या समाधान गर्न एमालेसहित सबै पार्टी मिल्नुपर्छ

काठमाडौँ ।नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले देशका समस्याहरुलाई समाधान गर्न सबै राजनीतिक दल एकजुट हुनुपर्ने बताएका छन् । धनुषाको जनकपुरमा सञ्चारकर्मीहरुसँग आइतबार कुराकानी गर्दै अध्यक्ष नेपालले देशमा चुनौतीपूर्ण समस्याहरु देखिएको भन्दै त्यसलाई समाधान गर्न सबै राजनीतिक दल एकजुट हुनुपर्ने बताएका हुन् । एमालेलगायत सबै राजनीतिक दल मिलेर जानुपर्ने अध्यक्ष नेपालको भनाइ थियो ।…