१७ मंसिर २०८२, बुधबार | Wed Dec 3 2025

भारतले न्युजिल्याण्डलाई ६ विकेटले हरायो

कात्तिक ९ । भारतले न्युजिल्याण्डसँगको एकदिवसीय क्रिकेट श्रृङ्खला १र१ को बराबरीमा पुर्‍याएको छ । दोश्रो एकदिवसीयमा न्युजिल्याण्डलाई ६ विकेटले हराउँदै भारतले श्रृङ्खला बराबरी गरेको हो । न्युजिल्याण्डले दिएको २ सय ३१ रनको लक्ष्य भारतले ४ ओभर बाँकी छँदै ४ विकेट गुमाएर भेट्टायो । भारतलाई जिताउन शिखर धवनले ६८ र दिनेश कार्तिकले नटआउट ६४ रन बनाए…