४ कात्तिक । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शुक्रबार राति भएको खेलमा ब्राइटन विजयी भएको छ । घरेलु मैदानमा भएको खेलमा वेष्ट ह्याम भ्रमण टोली ब्राइटनसँग ३–० ले पराजित भयो । ब्राइटनलाई जिताउन ग्लेन मुर्रेले दुई तथा इज्क्एर्डो मेनाले एक गोल गरे । मुर्रेले १० औं मिनेटमा नै गोल गर्दै ब्राइटनलाई सुरुवाति अग्रता दिलाए ।…