एजेन्सी ।कतार विश्वकपको उपविजेता टोली फ्रान्सका गोलरक्षक ह्युगो लोरिसले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। टोटनह्यामका कप्तान ३३ वर्षीय लोरिसले विश्वकप सकिएको तीन सातापछि फुटबलबाट सन्न्यासको घोषणा गरेका हुन्। फ्रान्सलाई पेनाल्टी सुटआउटमा हराउँदै अर्जेन्टिनाले कतार विश्वकपको उपाधि जितेको थियो। लोरिसको कप्तानीमा फ्रान्सले सन् २०१८ को विश्वकप उपाधि जितेको थियो। लोरिसले भने, ‘मैले सबैथोक दिएको महसुस…