८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

रुपन्देहिमा पनि फोटो सहितको मतदाता नामवली दर्ता



भुवन पाण्डे, साउन १७ भैरहवा ।
रुपन्देहीका स्थानिय तहहरुमा फोटो सहितको मतदाता नामवली दर्ता र अध्यावधी सुरु भएको छ ।
१६ वटा स्थानीय तह रहेको रुपन्देहीमा सिद्धार्थनगरपालिकामा रहेको जिल्ला निर्वाचन कार्यालय र अन्य १५ स्थानिय तहमा १७ जना कम्प्युटर अपरेटर खटिएका छन् ।
२ जना अपरेटरको मात्र दरबन्धि रहेको कार्यालयमा थप १५ जना निजी स्रोतबाट अपरेटर नियुत्ती गरि ३२ गते सम्म विभिन्न स्थानीय तहहरुमा खटाएको छ ।
साउन १ गते देखि शुरु भएको मतदाता नामवली दर्ता १५ गतेसम्ममा आठ हजार एक सय १८ जनाले दर्ता गराएको जिल्ला निर्वाचन कार्यालयका जानकारीदियो ।
नवलपरासीमा पनि शुरु
नवलपरासीका स्थानिय तहहरुमा पनि फोटो सहितको मतदाता नामवली दर्ता र अध्यावधी सुरु भएको छ ।
१५ वटा स्थानीय तह रहेको नवलपरासीमा रामग्राम नगरपालिकामा रहेको जिल्ला निर्वाचन कार्यालय र अन्य १४ स्थानिय तहमा १६ जना कम्प्युटर अपरेटर खटिएका छन् ।
२ जना अपरेटरको मात्र दरबन्धि रहेको कार्यालयमा थप १३ जना निजी स्रोतबाट अपरेटर नियुत्ती गरि ३२ गते सम्म विभिन्न स्थानीय तहहरुमा खटाएको हो ।

 

प्रकाशित मिति : १७ श्रावण २०७४ मंगलबार ००:००  २ : ०३ बजे