१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

पाल्पा दूध उत्पादनमा प्रगति गर्दै



रामपुर (पाल्पा), १७ साउन ।

जिल्लामा वर्षेनी दूधको उत्पादनमा वृद्धि हुँदै गएको छ । यहाँका कृषकले पशुपालन व्यवसायलाई जोड दिन थालेपछि दूध उत्पादनमा वृद्धि भएको हो ।

दूध उत्पादन बढाउने उद्देश्यले कृषकले उन्नत जातका पशुपालन व्यवसाय शुरु गरेपछि दूध बिक्रीबाट मनग्य आम्दानी गर्दै आइरहेका छन् ।

जिल्लाका कृषकले विशेष गरी तराई क्षेत्रबाट उन्नत जातका गाई खरिद गरी पशुपालन व्यवसाय गर्न थालेपछि वर्षेनी दूध उत्पादन बढ्दै गइरहेको छ । आर्थिक वर्ष २०७३÷७४ मा ४८ हजार ४३ मेट्रिक टन दूध उत्पादन भएको छ ।

घरेलु तथा साना उद्योग कार्यालयमा आर्थिक वर्ष २०७३÷७४ मा ६४३ उद्योग दर्ता भएका छन् । वाणिज्यतर्फ ३९७ र उद्योगतर्फ २४६ उद्योग दर्ता भएका हुन् । रासस

 

प्रकाशित मिति : १७ श्रावण २०७४ मंगलबार ००:००  २ : १८ बजे