१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

फोटो सहीतको नामावली संकलनमा घुम्ती नागरिता शिविर



कपिलवस्तु १८ साउन ।
स्थानीय निकायमा संचालित फोटो सहीतको नामावली संकलन कार्य सहज बनाउन जिल्लाका ७ स्थानयि निकायमा घुम्ती नागरिकता शिबिर संचालन गरिने भएको छ ।
फोटो सहीतको मतदाता नामावलीका लागि नागरिकता अनिवार्य गरिएकाले सहज तथा प्रभावकारी बनाउन शिविर संचालन गर्न लागिएको सहायक प्रजिअ रामेश्वर अर्यालले बताउनुभयो । कपिलवस्तु नगरपालिका, बाणगंगा र शिवराज नगरपालिका बाहेकका ७ निकायमा टोली खटिने उहाले बताउनुभयो ।
कपिलवस्तु नगरपालिकामा प्रशासन कार्यालय र बाणगंगा र शिवराज नगरपालिकामा ईलाका प्रशासन भएकाले त्यहा शिविर संचालन नगरिने उहाले बताउनुभयो । लवनी स्थित सुद्धोधन गाउँपालिकामा साउन १९ र २०, मायादेबी र बिजयनगर गाउ पालिकामा साउन २२ र २३ चलाईनेछ ।
कृष्णनगर नगरपालिका यशोधरा गाउपालिकामा २४ र २५ गते शिविर संचालन हुनेछन । यस्तै महराजगंज नगरपालिकामा २६ र २७, बुद्धुभुमि नगरपालिकामा २९ र ३१ मा शिबिर हुनेछन । जनताको सेवा र सुबिधालाई ध्यान दिएर शिविर राखिएकोमा यशोधरा गाउँपालिकाका प्रमुख गिरीजेश पाण्डेयले खुशी ब्यक्त गनुृभयो ।

प्रकाशित मिति : १८ श्रावण २०७४ बुधबार ००:००  १२ : २४ बजे