१२ बैशाख २०८१, बुधबार | Thu Apr 25 2024

पब्लिक सघं र विद्यार्थी संगठन विच सहमती, आन्दोलन स्थगित



अशोक पौडेल, जितपुर, १९ साउन ।
कपिलवस्तु पब्लिक क्याम्पस सघंले बढाएको केही शुल्क घटाएको छ । शुल्क घटेसगै बिद्यार्थीहरुको आन्दोलन पनि स्थगित भएको छ । कपिलवस्तु पब्लीक क्याम्पस सघं र सयुतm बिद्यार्थी सगंठनबिचको छलफल पछि बढाएको केही शुल्क घटाइएको कपिलवस्तु पब्लीक क्याम्पस सघंका अध्यक्ष नवराज तिवारीले जानकारी दिनुभएको छ ।
एकै पटक मासिक शुल्कमा रु ५ सयको बृद्धि भएपछि बिद्यार्थीहरुद्धारा चरणबद्ध रुपमा आन्दोलन भई रहेको थियो । दोस्रो पटक बसेको दुई पक्षबिचको बैठकमा प्रथम बर्षमा मासिक शुल्क ९ सय ७५, भर्ना शुल्क ६ हजार १ सय कायम हुने गरी सकमति भएको छ भने दोस्रो, तेस्रो र चौथो बर्षमा मासिक शुल्क ९ सय ७५ नै रहेको छ भने भर्ना शुल्कमा पुरानोमा रु ४ सय थप गरिएको सयुतm बिद्यार्थी सगंठनका संयोजक राकेश पाण्डेले जानकारी दिनुभयो ।
त्यस्तै एम.बि.एस. मा मासिक शुल्क १२ सय पचास, भर्ना शुल्क ९ हजार, एम.एडमा मासिक शुल्क १२ सय ५० र भर्ना शुल्क ८ हजार हुने गरी दुई पक्षबिच सहमति भएको उहाले जानकारी दिनुभयो ।
सोमबारदेखि बिरोध स्वरुप बिभिन्न क्याम्पसमा बिद्यार्थी नेताहरुले बिरोध सभाको आयोजना समेत गर्दै आएको जानकारी दिदै आन्दोलनमा सहभागी सबै बिद्यार्थीहरुलाई नेपाल बिदार्थी सघंका जिल्ला उपसभापति शंकर प्रसाद न्यौपानेले धन्यवाद ज्ञापन गरेका छन ।
बैठकमा पब्लीक सघंको तर्फबाट पब्लीक सघंका केन्द्रिय सदस्य शुभलाल भुसाल र जिल्ला अध्यक्ष नवराज तिवारी रहेका थिए भने बिद्यार्थीहरुको तर्फबाट संयोजक राकेश पाण्डे, सह संयोजक शुसिल खत्री, सदस्यहरु कुमार थापा, रमेश गैरे, माधव पौडेल लगायतको सहभागीता रहेको थियो ।

प्रकाशित मिति : १९ श्रावण २०७४ बिहिबार ००:००  ३ : ०१ बजे