११ बैशाख २०८१, मंगलबार | Wed Apr 24 2024

लुम्बिनी राईजिङ सिङ्गिङ स्टारमा कपिलवस्तुका मिश्रा टप ५ मा



सरिता थारु, कपिलवस्तु, साउन ।
लुम्बिनी राईजिङ स्टार सिङ्गिङ कम्पिटिसनमा कपिलबस्तुका अर्जुन मिश्रा टप ५ मा पर्न सफल हुनु भएको छ । सामुदायिक लुम्बिनी टेलिभिजनले सञ्चालन गरिरहेको प्रथम लुम्बिनी राईजिङ स्टार सिङ्गिङ कम्पिटिसनमा कपिलबस्तुका एक मात्र प्रतिष्पर्धी मिश्रा टप ५ मा पर्न सफल हुनु भएको हो ।
कपिलवस्तुको वाणगंगा नगरपलिका बडा नम्बर ५ मधौलिका अर्जुन मिश्रा ७० जना प्रतिष्पर्धी संग प्रतिष्पर्धा गर्दै टप ५ को फाइनल स्थानमा पर्न सफल हुनु भएको हो ।
बुधबार कपिलबस्तुको ४ नं. मा आफ्नो प्रस्तुती देखाउदै भोट गर्नका लागि सबैमा आग्रह समेत गर्नुभएको छ । यस अघि मिश्राले भैरहवा, बुटवलमा समेत आफ्नो प्रस्तुती देखाइ सक्नु भएको छ ।
करिब २१÷२२ बर्षका मिश्रा सानै देखि गायन क्षेत्रमा रुचि राख्दै पछिल्लो समय बुटवलबाटै गायन शिक्षा लिई रहनु भएको छ । मिश्राले पछि पनि सबैको साथ र सहयोग पाए यसै क्षेत्रमा लाग्ने बताउनु भएको छ ।
साथै यस स्थान सम्म पु¥याउन साथ र सहयोग गर्नुहुने सबै दर्शकहरुलाई धन्यबाद दिदै अबको प्रतिस्प्रर्धामा पनि अझ बढी साथ र सहयोगको अपेक्षा गर्नुभएको छ । उहालाई भोट गर्नका लागि मोवाईलको म्यासेज बक्समा गई एल आर एस स्पेस ४६ लेखि ३८३८३ मा पठाउन सक्नु हुने छ ।

प्रकाशित मिति : १९ श्रावण २०७४ बिहिबार ००:००  ३ : १२ बजे