१५ आश्विन २०७९, शनिबार | Sat Oct 1 2022

विद्यार्थीलाई मरणासन्न हुने गरि कुट्ने शिक्षक पक्राउ



रुपन्देही, २० साउन ।
कक्षा कोठामा विद्यार्थीलाई कुटेको आरोपमा रोहिणी गाउँपालिका धकधई क्षेत्रमा रहेको पजरकट्टि माध्यमिक विद्यालयका शिक्षक रामवृक्ष यादव पक्राउ परेका छन् ।
कक्षा पाँचमा पढ्ने विद्यार्थी १० वर्षका समुद्धिन धोवीलाई कुटपिट गरेको आरोपमा शिक्षक यादव पक्राउ परेको प्रहरीले जनाएको छ । विद्यालयका प्रधानाध्यापक पुर्णवासीप्रसाद गुप्ताका अनुसार शिक्षक यावले विद्यार्थीलाई बिहीबार पानी खान कक्षा छोडर बाहिर गएको आरोपमा कुटपिट गरेका हुन् । कुटपिटपछि घाइते भएका विद्यार्थीको भैरहवाको सिद्धार्थनगर सिटि अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : २० श्रावण २०७४ शुक्रबार ००:००  ३ : १४ बजे