१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

प्राविधिक शिक्षाका लागि क्याम्पसमा महायज्ञ लगाउने तयारी



मणि प्रसाद गैह्रे, २० साउन ।
शैक्षिक जनशक्ति वेरोजगार बनिरहेको वर्तमान अवस्थामा वेरोजगारी हटाउनको लागी शिक्षा क्षेत्रमा प्राविधिक जनशक्ति उत्पादन गर्न कपिलवस्तु बहुमुखी क्याम्पसमा महायज्ञ संचालन गर्ने कार्यक्रम तय भएको छ ।
जिल्लाको दक्षिणी क्षेत्रका आम शैक्षिक क्षेत्रको विकास र महिला तथा पुरुषलाई घरदैलोमा वैज्ञानिक तवरले प्राविधिक शिक्षा प्रदान गर्न क्याम्पस महायज्ञ गर्ने तयारीमा लागेको हो ।
आगामी मसिंर ४ देखी ११ गते सम्म कपिलवस्तु बहुमुखि क्याम्पस तौलिहकाको खेल मैदानमा उक्त महायज्ञ गर्ने कार्यक्रम तय भएको क्याम्पस प्रमुख विष्णुदेव यादवले बताउनुभयो । महायज्ञको वाचन नेपालकै चर्चीत पण्डित दिनबन्धु पोख्रेलले गर्नेछन ।
महायज्ञवाट कम्तीमा ४ करोडको रकम संकलन हुने रकम वाट क्याम्समा कृषि, पशु, कम्युटर, गार्मेन्ट। पनिर्चर, स्वास्थ्य, सिलाइकटाई जस्ता नयां र स्थानीय समुदायको माग अनुसारका विषय वस्तु समावेश गरी प्रविधिक कक्षा संचालन गरिने प्रमुख यादवले बताउनुभयो ।
क्याम्पसमा बसेको बैठकलाई सम्वोधन गर्दै सहायक वाचक धुव्र शरण वस्यालले नेपालमा १ सय प्रविधिक शिक्षालय र प्रत्यक प्रदेशमा १, १ वटा प्रविधिक विश्वविभालय खोल्नको लागी आफुहरु अभियानमा लागेको बबताउनुभयो ।
हालसम्म नेपालका विभिन्न जिल्लाहरुमा अभियान मार्फत १ दर्जन वढि प्राविधिक विषय वस्तु पठनपाठन गर्ने क्याम्पसहरु संचालनमा आएको उहाले बताउनुभयो । वैदेशिक रोजगारमा जानुपर्ने वाध्यतालाई हटाउन र कोरा कितावी ज्ञानको कारण वढ्दै गरेको शैक्षिक वेरोजगार हटाउन यो अभियान देशभर सुरु गरिएको समेत वस्यालले बताउनुभयो ।
क्याम्पसले तत्काल विभिन्न निकाय र जिल्ला ब्यावासीको सर सल्लाह र समन्यवमा महायज्ञ संचालन गर्नका लागी विभिन्न तयारी थाल्नुका साथै विभिन्न समिति निर्माण गर्ने क्याम्पस संचालक समितिका सदस्य मधुसुदन शरण चौधरीले बताउनुभयो ।

प्रकाशित मिति : २० श्रावण २०७४ शुक्रबार ००:००  ११ : ३७ बजे