१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

बालज्योती माविको विदाई कार्यक्रम



बिकास थापा, कपिलवस्तु, २० साउन ।
कपिलवस्तुको बाल ज्योती ईङगलिस बोर्डिङ स्कुलले शुक्रबार एक शिक्षकलाई भब्य विदाई कार्यक्रमको आयोजना गरि विदाई गरेको छ । उच्च शिक्षा आर्जन गर्नका लागि बाहिरी देश जान लाग्नु भएका कम्प्युटर शिक्षक सम्राट रेग्मीलाई बिद्यालयबाट विदाई गरिएको हो ।

कार्यक्रममा भावुक बन्दै विदाई हुने शिक्षक रेग्मीले उच्च शिक्षाको लागि बाहिरी देशमा जान लागेको बताउदै आफ्नो मातृभुमि र अग्रज शिक्षकलाई कहिले पनि नर्बिसने बताउनुभयो । कार्यक्रममा रेग्मीलाई बिद्यालय परिवारले शैक्षिक प्रगतिको शुभकामना दिनुको साथै कक्षा ८, ९, १० र बिद्यालयको तर्फबाट मायाको चिनो प्रदान गरिइएको थियो ।

कार्यक्रम बिद्यालय ब्यावस्थापन समितिका सदस्य रमेश चन्द्र ज्ञवालीको अध्यक्षता, जिल्ला शिक्षा कार्यकलयका निरिक्षक खिम बहादुर जि.सीको प्रमुख आतिथ्यता, राष्ट्रिय लोकतन्त्र अपाङग संघका केन्द्रिय अध्यक्ष मित्रलाल शर्मा र बिद्यालय ब्यावस्थापन समितिका सदस्य तथा नेप्साका केन्द्रिय संयोजक रोमाकान्त घिमिरेको बिशिष्ट आतिथ्यता र बिद्यालयका प्राचार्य सर्वेन्द्रदेब खनालको सञ्चालनमा सम्पन्न भएको थियो । कार्यक्रमको स्वागत मन्त्ब्य बिद्यालयका सहायक प्र्राचार्य गोपाल गिरीले राख्नु भएको थियो ।

प्रकाशित मिति : २० श्रावण २०७४ शुक्रबार ००:००  २ : ०९ बजे