६ बैशाख २०८१, बिहिबार | Thu Apr 18 2024

गीत सङ्गीतमा भिज्दै गायक गैरे, दशै एल्वम निकाल्ने तयारी



दिपा महत, कपिलवस्तु ।
विं.स. २०७० सालमा बुटवलको रेडियो छिमेकीबाट आफ्नो मिडियाको यात्रा सुरु गरेका विमल गैरे यतिबेला मिडिया संगै सांगेतिक क्षेत्रमा पनि छाउनु भएको छ । वि.सं. २०४९ साल मंसिर २ गते पाल्पा जिल्लाको कचल गाविसमा जन्मिनुभएका गैरे अहिले मिडिया संगै सांगेतिक क्षेत्रमा छाउनु भएकोे हो । जन्मस्थान पाल्पा भएपनि गैरे अहिले रुपन्देहीको सैनामैना नगरपालिका ३ मुर्गियामा बसोबास गर्दै आउनुभएको छ ।
विशेषगरि गैरेले गायक सर्जक दुवै हिसाबबाट नाम कमाउनुभएको छ । सङ्गीत संगै गैरे कपिलवस्तुमा रहेको पहिलो टेलिभिजन सामुदायिक टेलिभिजन बुद्धआवाज र रेडियो बुद्ध आवाजमा कार्यरत हुनुहुन्छ । टेलिभिजनमा प्राविधिकको रुपमा हुनुहुन्छ भने रेडियोमा लोक गीतको कार्यक्रम चलाउनुहुन्छ । टेलिभिजन प्राविधिकमा हरेक कुराको ज्ञान हासिल गर्नुभएका गैरेले भिडियो छायाङ्कनका साथै सम्पादनको काम पनि गर्नुहुन्छ ।
गैरेको सांगेतिक यात्रा
विं.स. २०७२ सालमा पहिलो एल्बम स्वरुप गैरेले तिजको एल्बम “ए साईली ” दर्शक र स्रोता विच ल्याउनुभएको थियो । यहि एल्बम बाटै गैरेले औपचारिक साङ्गीत यात्रा थाल्नुभएको थियो । विभिन्न स्थानमा हुने सांस्कृतिक कार्यक्रममा गीत गाए पनि गैरेले औपचारिक रुपमा एल्बम निकाल्नु भएको थिएन । “ए साईली ” एल्वमबाट शुरु भएको गैरेको साङ्गेतिक यात्रा २०७४ साल सम्म आएपुग्दा तीन ओटा एल्बममा परिणत भएको छ । गैरेले तीन ओटा एल्बम बजारमा ल्याउनुभएको छ । दुई ओटा एल्वममा गैरेले शब्द सजाउनुभएको छ भने एउटा एल्बममा आफैले स्वर भर्नुभएको छ ।
यहि साल दशैको गीत ल्याउने तयारी
यहि दशैमा गायक तथा सर्जक विमल गैरे दशै सम्बन्धि गीत बजारमा ल्याउने तयारीमा जुट्नुभएको छ । गीतको शब्द तथा लय तयार भएको उहाँ बताउनुुहुन्छ । निकै चर्चित लोक तथा दोहोरी गायक विष्णु खत्रीको लय, विमल गैरेको शब्द रहेकोे दशै गीतले नेपालको साङ्गेतिक बजार तताउने निश्चित छ । किनकि गैरेले निकाल्न थाल्नुभएको दशै गीतले हरेक नेपालीको दैनिकि संग मेलखाने खालका शब्द रहेका छन् । दशै गीतमा गैरै स्वयम र गायिका शुसिला विश्वकर्माको आवाजमा बजारमा आउने तयारीमा रहेको उहाँ बताउनु हुन्छ ।
अहिलेको लोक सङ्गीत प्रतिको गैरेको धारणा यस्तो छ ।
लोक तथा दोहोरी गीत प्रतिष्ठान कपिलवस्तुका कार्यसमिति सदस्य समेत रहनुभएका गैरको बुझाईमा अहिलेका लोक गीत सङ्गीतमा बिकृती देखा पर्न थालेका छन् । वास्तविक लोक शब्दको अर्थ नै फरक रहेको र यस शब्दबाट रचिएका सिर्जनाहरु नितान्त मौलिक खालका हुनुपर्नेमा गैरेको धारणा छ । मौलिक खालका शब्दहरुको चाख नै लोक गीत सङ्गीत हो । मेलापात, घाँस दाउरा, पानी पधेरो गर्दा गुनगुनाउन सकिने भाका नै लोक गीत रहेको उहाको भनाई छ । आफैमा सङ्गीत विभिन्न प्रकारका छन् । अध्ययनबाट पनि साङ्गेतिक करियर निर्माण गर्न सकिन्छ । ठुलै गायक बन्न सकिन्छ तर लोक गीत सङ्गीतमा त्यता तीर भन्दा पनि नेपाली समाजको वास्तविक चित्रण गर्ने खालको सिर्जना हुनुपर्नेमा गायक गैरेको जोड छ । नेपाली लोक गीत सङ्गीतको संरक्षण सम्बर्धनको लागि भन्दै राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान खोलिएको हो । तर जुन लक्ष्यको साथ प्रतिष्ठान खोलिएको हो त्यहि अनुसार काम नभएको गायक गैरेको बुजाई छ । यद्यपि पछिल्लो समयमा आइ पुग्दा वास्तविक लोक गीत सङ्गीत पनि बजारमा आउँन थालेकोमा गायक गैरे खुसी हुनुहुन्छ ।
जीन्दगी मिडिया र गायनमै विताउने लक्ष्य
गायक गैरे भन्नुहुन्छ — जीवनको लक्ष्य त्यति ठुलो छैन् । यद्यपि मिडिया । गायनकै क्षेत्रमा बाकी जीवन विताउने योजना छ । धेरै मानिस नाम र दामका पछि दौडिरहेका छन् । तथापि आजभोली धेरै व्यक्ति नामको भन्दा दामको पछि छ । तर गायक गैरे भने नामका पछि आफु लाग्ने बताउनुहुन्छ । धन हातको मैला भएको गायक गैरेको बुझाई छ । धनले संसार किन्न सकिए पनि क्षमता किन्न नसकिने गैरे बताउनुहुन्छ । मिडिया प्रतिको सानै देखिको लगाव र झुकावको कारण तत्काल छोड्न सकिने स्थिती छैन । मिडिया क्षेत्रमा आफु भएको कारण गीत सङ्गीत सिर्जना गर्न पनि सजिलो गायक गैरेलाई भएकोछ । एल्वमहरु बजारमा आउने तर प्रचार प्रसार हुन नसक्ने विडम्वना पनि छ तर मिडिया क्षेत्रैमा आफु भएपछि धेरै समस्या नहुने उहाको बुझाई छ ।

 

प्रकाशित मिति : २३ श्रावण २०७४ सोमबार ००:००  २ : ३७ बजे