१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

बुधबार तुलसीपुरमा बृहत सरसफाई सप्ताह हुँदै



शरद रेग्मी, तुलसीपुर, २४ साउन ।
दाङको तुलसीपुरमा संचालन भईरहको क्लिन तुलसीपुर अभियानले संचालन गरेको साताब्यापी सरसफाई अभियानको समापनका अवसरमा बृहत सांस्कृतिक सरसफाई कार्यक्रमको आयोजना गरेको छ । सो अवसरमा सहभागी हुन राष्ट्रिय कलाकारहरु दाङ आईपुगेका छन् ।
उनीहरु तुलसीपुर उद्योग वाणिज्य संघ र तुलसीपु्र उपमहानगरपालिकाले संयुक्त रुपमा संचालनमा ल्याएको क्लिन तुलसीपुर सरसफाई अभियान ५० औ हप्ता पुगेको अवसरमा स्थानिय तहलाई हस्तान्तरण गर्न नेपाल सरकारका सरसफाई दुत समेत रहेका सिताराम कट्टेल (धुर्मुश) आज मङ्गलबार तुलसीपुर आउनु भएको हो ।
उहाँसंगै अन्य कलाकार सुरविर पण्डित, पलपसा डंगोल, राजु अधिकारी र कमल गाउँले दाङको तुलसीपुर आउने कार्यक्रम तय भएको सरसफाई अभियानका संयोजक बिमल रिजालले जानकारी दिनुभयो । बुधवार विहान ७ः ०० बजे देखी तुलसीपुरको वि.पी चोकमा हुन लागेको कार्यक्रममा सरसफाई सम्बन्धि सांस्कृतीक कार्यक्रममा उपस्थितीका लागी संयोजक रिजालले सबैमा आग्रह समेत गर्नुभएको छ ।
यस क्षेत्रका दर्जनौ सामाजिक संघसंस्थाहरु, राजनितिक दल, सुरक्षा निकाय, संचारकर्मी एवं आम जनताहरुको प्रत्यक्ष सहभागीतामा संचालन भईरहको क्लिन तुलसीपु्र ग्रिन तुलसीपुर अभियान जनप्रतिनिधीहरु निर्वाचित भईसकेको अवस्थामा स्थानिय तहलाई हस्तान्तरण गर्न लागीएको तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विर बहादुर रावतले जानकारी दिनु भयो ।
यता मङ्गलबार ५१ औं हप्ताको सरसफाई अभियान अन्तरगत मानपुरको विरेन्द्र मा.वि.मा बृक्षारोपन गरिएको छ । सो अवसरमा मेयर घनश्याम पाण्डे, सरसफाई अभियानका संयोजक विमल रिजाल लगायतले संयुक्त रुपमा बृक्षारोपन गरेर कार्यक्रमको उद्घाटन गर्नु भएको हो । सरसफाई सप्ताह अन्तरगत एक साता सम्म विभिन्न स्थानमा पन्ध्र सय विरुवाहरु रोपिएको जनाइएको छ ।

 

प्रकाशित मिति : २४ श्रावण २०७४ मंगलबार ००:००  ३ : ४१ बजे