१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

हथौसा लिटिल स्टारद्धारा हास्यब्यंग्य अभिनय प्रतियोगिता ः खासु बने विजेता



दिपा महत कपिलवस्तु २७ साउन ।

विद्यार्थी भित्र रहेको अन्तरनिहित प्रतिभालाई अभिनयको माध्यमबाट प्रस्तुत गर्नुका साथै समाज परिर्वतनका लागी हास्यब्यंग्य अभिनय प्रतियोगिताको आयोजना गरिएको छ ।
हथौसा लिटिल स्टार इंलिस बोर्डिङ ओदारीले हास्यब्यंग्य अभिनय प्रतियोगिताको आयोजना गरेको हो ।
१ सय भन्दा बढि विद्यार्थी सहभागी प्रतियोगिताको फाईनल सम्म १० विद्यार्थी रहेका थिए तिनै विद्यार्थी बिचबाट कक्षा ९ का छात्र नविन खासु प्रथम, कक्षा १० का अभिषेक केसी द्धितिय, कक्षा ५ की सक्षम रुपाखेती तृतिय हुनका साथै निशान्त सुवेदी सान्त्वना हुनु भएको छ ।
कार्यक्रममा निर्णायकको भुमिका शिक्षक कृष्ण भुषाल, रमेश पौडेल र बबिता पौडेलले निर्वाह गर्नु भएको थियो ।
सुन्दर पाण्डेको प्रमुख आतिथ्यता रहेको कार्यक्रम रेशौराज खनालको अध्यक्षता र रेशम खरालको सञ्चालनमा भएको हो ।

प्रकाशित मिति : २७ श्रावण २०७४ शुक्रबार ००:००  २ : ०५ बजे