७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

लुम्बिनीलाई नमूना नगरपालिका बनाउनमा जोड



बिन्दु कुमार चौहान, लुम्बिनी २९ साउन ।
अन्र्तराष्ट्रिय पर्यटकीय स्थल लुम्बिनीको समग्र बिकास गर्न लुम्बिनी साँस्कृतिक नगरपालिकालाई नमूना नगरपालिका बनाउनुपर्ने कुरामा जोड दिइएको छ ।
सो कुरा बौद्ध महिला समिती र राजकीय बौद्ध बिहारको संयुक्त तत्वाधानमा लुम्बिनीमा आयोजित नवनिर्बाचित पदाधिकारी सम्मान कार्यक्रममा जोडदिईएको हो ।
कार्यक्रमलाई सम्बोद्धन गर्दै राजकीय बौद्ध बिहारका भिक्षु सागरधम्मले भगवान बुद्धको जन्म स्थल लुम्बिनीको समग्र बिकासका लागि लुम्बिनी साँस्कृतिक नगरपालिका र लुम्बिनी बिकास कोष बीच नङ र मासु जस्तै सम्बन्ध कायम गरि अघि बढनु पर्ने बताउनुभयो ।
उनले लुम्बिनी बिकास कोष र लुम्बिनी नगरपालिका बीच तालमेल नमिल्दा स्थानीय जनता थिचोमिचोमा पारिएकाले दुबै संस्था बीच समन्वय र सहकार्यको भावना राखी लुम्बिनी बिकास क्षेत्र भित्र र बाहिरको बिकास समान रुपमा हुनुपर्ने बताउनुभयो ।

प्रकाशित मिति : २९ श्रावण २०७४ आइतबार ००:००  २ : ४१ बजे