१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

रुपन्देही जिससमा एमाले–फोरम गठबन्धन विजयी



सलमान खान, भैरहवा, २९ साउन ।
जिल्ला समन्वय समिति (जिसस) रुपन्देहीमा एमाले र संघिय समाजवादी फोरम नेपाल गठबन्धनको प्यानल नै विजयी भएको छ ।
समितिको प्रमुख पदमा एमालेका एकराज विश्वकर्मा र उपप्रमुख पदमा फोरम नेपालका पशुपतिनाथ यादव विजयी हुनुभएको छ । विश्वकर्माले २७ मत र उपप्रमुखमा यादवले २४ मत प्राप्त गर्नुभएको थियो ।
विश्वकर्माका प्रतिद्वन्द्वी कांग्रेसका विष्णुप्रसाद बस्यालले ५ मत र यादवको प्रतिद्वन्द्वी माओवादी केन्द्रका सदावृक्ष तेलीले ८ मत प्राप्त गर्नुभएको थियो ।
सदस्यमा एमालेका कविराम अर्याल र खेमप्रसाद लुइटेल र फोरमका रियाज अहमद विजयी भएको मुख्य निर्वाचन अधिकृत मुरारीबाबु श्रेष्ठले जानकारी दिनुभएको छ ।
महिला सदस्यमा एमालेकी जमुना लम्साल र ज्ञानु विक तथा फोरम नेपालकी सरोजकुमारी बरइ विजयी हुनुभएको छ । दलित वा अल्पसंख्यक पदमा फोरम नेपालका छोट चमार विजयी हुनुभएको छ ।

प्रकाशित मिति : २९ श्रावण २०७४ आइतबार ००:००  २ : ५४ बजे