२ फाल्गुन २०८२, शनिबार | Sat Feb 14 2026

नेपाल आइडलबाट सुरज थापा आउट



काठमाडौं, ३ भदौ । 

नेपाल आइडलको छैठौ प्रतिस्पर्धी विच प्रतिस्पर्धा गरिरहेका सुरज थापा यस पटक बाहिरीएका छन् । नेपालकै नम्बर १ रियालिटी शो नेपाल आइडलबाट गायक थापा बाहिरीएका हुन् । उनका पनि धेरै समर्थक रहेका थिए । यद्यपि दर्शकले दिने भोटमा कम भएपछि उनी सोहि आधारबाट बाहिरीएका हुन् । शुक्रबार राती भएको रियालिटी शो बाट उत्कृष्ट पाच प्रतियोगी छनौट भएका छन् ।

एपी वान टेलिभिजनबाट प्रसारण भइरहेको रियालीटि शोमा गायक थापा बाहिरीए पछि सामाजिक सञ्जालमा विभिन्न टिका टिप्पणी उठ्न थालेको छ ।

रियालिटी शोको नतिजा सार्वजनिक भएपछि उनका समर्थकले क्षमताको सम्मान नभएको, सुरज थापा यति छिटो आउट हुने ब्यक्ति नभएको, भोट गर्ने सिष्टम खराव भएको एवं आयोजकले न्याय गर्न नसकको आरोप लगाएका छन् ।

देश तथा विदेशमा रहेका दर्शकको भोटका आधारमा ५ प्रतिस्पर्धिले नेपाल आइडलको यात्रा जारी राख्ने छन् । बुद्ध लामा, निशान भट्टराई, सुजाता पाण्डे, प्रताप दास र सागर आलेले आइडलको आगामी यात्रा तय गरेका छन् ।

प्रकाशित मिति : ३ भदौ २०७४ शनिबार ००:००  १२ : ३२ बजे