१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

वाणगंगा सामुदायिक पुस्तकालयको मासिक श्रृङखला तीज विशेष



दिपा महत, कपिलवस्तु, ३ भदौ ।
वाणगंगा सामुदायिक पुस्तकालयको मासिक श्रृङखला अन्तर्रगत यसपालि तिज विशेष कार्यक्रम भएको छ । सिद्धार्थ सामाजिक विकास केन्द्रको सभाहल जितपुरमा तीज विशेष कार्यक्रम भएको हो ।
कार्यक्रममा लुम्बिनी बाङ्मय प्रतिष्ठानका वरिष्ठ समालोचक राजेन्द्र कुमार आचार्यले तिज विशेष कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । सोहि अवसरमा वाणगंगा सामुदायिक पुस्तकालयको विविध जानकारी साहित्यकार तथा पुस्तकालयका संरक्षकत्व ऋषि केशव भारद्धावाजले गराउनु भएको हो ।
संगितकारद्धय बुद्धिसागर बेल्वासे र लेखनाथ घिमिरेले कार्यक्रममा विविध प्रस्तुतीका साथमा मनोरञ्जन प्रदान गर्नु भएको थियो ।
कार्यक्रममा ६ वडा महिलाको समुहहरुले सहभागिता जनाएका थिए । संस्थाका अध्यक्ष दिलिप कार्कीको अध्यक्षता, विकास सहकारी संस्था कपिलवस्तुकि निरिक्षक कमला पौडेलको प्रमुख आतिथ्यता, सचिव धर्मराज घिमिरेको स्वागत मन्तब्य, सहसचिव लेखनाथ घिमिरेको स्वागत तिजगीत र संस्थाकी सदस्य युवी बेल्वासे (दिब्या) को सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हो ।

प्रकाशित मिति : ३ भाद्र २०७४ शनिबार ००:००  १ : ५७ बजे