१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

बाढीपिडीतलाई टीकापुर बहुमुखी क्याम्पसकोे ७५ हजार राहत साम्रगी



धनराज कटेल, टीकापुर ४ भदौ ।
कैलालीको टीकापुरमा अवस्थित अग्रणी शैक्षिक संस्था टीकापुर बहुमुखी क्याम्पसले बाढीबाट प्रभावित वडाहरुमा राहत साम्रगी वितरण गरेको छ । टीकापुर नगरपालिका वडा नम्बर ६, ७, ८ र ९ वडाका बाडि र डुबानबाट प्रभावित भएकाहरुलाई खाद्य सामाग्री वितरण गरेको हो । क्याम्पसमा कार्यरत प्राध्यापक र कर्मचारीको एक दिनको तलब र टीकापुर बहुमुखी क्याम्पसको जनसम्पर्क उपसमितीको सहयोगमा ७५ हजारको राहत सामग्री ४ वडाका वडा अध्यक्ष र नारायणपुर रेडक्रस लाई हस्तान्तरण गरेको छ ।

राहत सामग्री अन्तरगर्त १० क्विन्टल चालम, १ क्विन्टल दाल, १ क्विन्टल आलु, ५० के.जि. नुन,२ पेटी साबुन, २ पेटी तेल र ३० के.जि. स्वयाविन वितरण गरिएको टीकापुर बहुमुखी क्याम्पस जनसम्पर्ग उप–समितीका संयोजक मिन बहादुर शाहीले जानकारी दिनुभएको छ ।

वाढीपिडीतका समस्यालाई क्याम्पसले नजिकबाट बुझेकाले संस्थाबाट हुन सक्ने सहयोग गरिएको क्याम्पस प्रमुख केशर बहादुर कुवँरले बताउनुभएको छ । क्याम्पसले नै रातह सामाग्री वितरण गर्दा प्रभावकारी नहुने भएकाले सबै पिडितले समान राहत प्राप्त गरुन भन्ने उद्देश्यले जनप्रतिनिधी र रेड्क्रसलाई क्याम्पसले राहत सामाग्री हस्तानतरण गरेको क्याम्पस प्रमुख कुवँरले बताउनुभएको छ ।

उता ४ वटा वडाका वडा अध्यक्ष र नारायणपुर रेडक्रसले क्याम्पसले प्रदान गरेको राहत सामग्री बास्तवित पिडीत समक्ष पु¥याउने प्रतिबद्धता जनाएका छन् । यहिले सम्म टीकापुर नगरपालिका र भनजी नगरपालिका बाढीपिडित प्रभावितहरुलाई कैलाली उद्योग वाणिज्य संघ, टीकापुर उद्योग वाणिज्य संघ, लाइन्स क्लब, बालकल्याण संघ टीकापुर, जेसिस, रेडक्रस, सिद्धार्थ गु्रप लागायतका संस्था र केहि ब्याक्तिगत सहयोग पिडितका लागि भएको नारायणपुर रेडक्रसका अध्यक्ष टोप बहादुर के.सि.ले जानकारी दिनुभएको छ ।

 

 

प्रकाशित मिति : ४ भाद्र २०७४ आइतबार ००:००  २ : ४७ बजे