७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

चर्चाको शिखर चुम्दै नायिका खुश्बु खड्का



मायादेवी अनलाइन, काठमाण्डौं ।
पछिल्लो समय चर्चाको शिखरमा पुग्न सफल तथा एक पछि अर्को गर्दै दर्जनौ राष्ट्रिय अवार्डबाट सम्मानित भएकी मोडल तथा नायिका खुश्बु खड्काको व्यस्तता पनि बढ्दै गएको छ । यो बर्ष मात्र आधा दर्जन भन्दा बढी चलचित्र तथा म्युजिक अवार्डबाट बेष्ट मोडल र नायिकाको उपाधि हात पारेर सम्मानित भएकी मोडल तथा नायिका खुश्बु खड्काको अभिनयको तारिफ अहिले चलचित्र क्षेत्रमा जता त्यतै बढ्दै गएको छ । अभिनय तथा नृत्यमा पोख्त नायिका खुश्बु खड्का सुन्दर मुहार र आकर्षक शरीरको धनी छिन, चिटिक्क मिलेको शरीर अनि सुन्दर मुहारनै उनी प्रतिको आकर्षण हो ।

चलचित्र हुदै मोडलिङ क्षेत्रमा प्रवेश गरेर स्थापित नायिकाको रुपमा आफुलाई उभ्याउन नायिका खुश्बु खड्का सुन्दर अनुहार र मिलेको शरीरका कारण चर्चामा छिन् । केहि चलचित्रमा अभिनय गरेर ख्याति कमाएकी खुश्बुले दर्जनौ म्युजिक भिडियोहरूमा आफ्नो अभिनय कौशल प्रस्तुत गरेर लाखौ दर्शकहरुको मनमा छाप छोड्न सफल भएकी छिन ।

नेपाली फिल्मका लागि निकै सम्भावना बोकेकी नायिका खुश्बु सधै हासेर बोल्ने हसिलो तथा फरासिलो स्वभाबकि छिन । सुन्दरी नायिका खुश्बुले सायना फिल्म मार्फत अभिनय क्षेत्रमा प्रवेश गरेकी हुन । नायिका खुस्बु खड्काले ६ दर्जन भन्दा बेसी म्युजिक भिडियोमा कुशल अभिनय प्रदर्शन गरिसकेकी छिन् । सिन्धुपाल्चोकमा जन्मिएकी खुश्बुले हालसम्म ‘सुकुल गुन्डा’, ‘उहिले बाजेको पालामा’, ‘सिस्टम’, ‘दीपज्योति’ जुनी लगायत चलचित्रमा लिड रोल गरेकी छिन् । राष्ट्रिय स्तरकी तेक्वान्दो खेलाडी समेत रहेकी सुन्दरी तथा बहुप्रतिभाशाली नायिका खुश्बु खड्का एक्सन तथा लभ स्टोरी चलचित्रमा बेसी रुचि रहेको कुरा पनि जानकारी गराउँछिन ।

प्रकाशित मिति : ५ भाद्र २०७४ सोमबार ००:००  ९ : ०० बजे