१५ चैत्र २०८०, बिहिबार | Fri Mar 29 2024

रेडियो मलमलामा ‘लेखेको नहेरी’ तीजगीत प्रतियोगीता



रुपन्देही (सैनामैना), ५ भदौ ।
रुपन्देहीको सैनामैना नगरपालीकामा रहेको मलमला मिडिया प्रा.लि द्धारा सञ्चालीत रेडियो मलमला ८८.६ मेगाहर्जमा आयाजित तीज गीत प्रतियोगिताका प्रतियोगीहरुले कागज नहेरी आफ्नो मौलीक प्रस्तुती दिएका छन् । नारी शसक्तीकरणका लागि महिला पुरुष एक भएर अगाडी बढ्नुपर्ने, महिलाहरुको क्षमता बिकास तथा सिप मुलक तालिम सगै अवसर प्रदान गरेर अगाडी बढ्न आवश्यक रहेको प्रतियोगितामा सहभागि महिला दिदिबहिनीहरुले गीत मार्फत प्रस्तुत गरेका हुन् ।
रेडियो मलमलाका अध्यक्ष मिन प्रसाद पौडेलको अध्यक्षता तथा नगरपालीकाका प्रमुख चित्र बहादर कार्किको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा यशोधा फडर्स प्रालीक प्रमुख जगन्नाथ न्यौपानेको बिशिष्ट आतिथ्यता रहेको थियो ।
बिभिन्न चाडपर्व तथा बिशेष अवसरमा रेडियोले श्रोता संग प्रत्यक्ष सम्बधीत रहने कार्यक्रम गर्दै लोकप्रिय बन्दै गएको भन्दै कार्यक्रममा बोल्ने बत्ताहरुले तिजलाई सभ्य भएर मनाउने र भड्कीलो बनाउन नहुने जस्ता सन्देशलाई बढि प्राथमिकता दिनुपर्ने बताए ।
कार्यक्रममा देबिदत्त सुबेधी, रोहीणी चौधरी, कशिष श्रेष्ठ, राम प्रसाद अधिकारी, खुसीराम चौधरी, यमलाल बन्जाडे, नन्दु थापा, चित्र बहादुर केसी लगायत बिभिन्न बिद्यालय, सहकारी, आमा समुह सघंसस्था ब्यापारी तथा रेडियो कार्यसमिती सदस्य र कर्मचारीहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन रेडियोका स्टेशन म्यानेजर ऋषिराम न्यौपानेले गर्नुभएको थियो ।
राजनीतिक, जातिय धार्मिक तथा साम्प्रदायिकलाई निरुत्साहीत गर्दै नारी शसक्तिकरण, सामाजिक सद्भावलाई केन्द्रीत गरी प्रतियोगिता सञ्चालन गरीएको थियो । रेडियो मलमला भवन परिसर, मुर्गिया सञ्चालन गरीएको प्रतियोगितामा हिमाल बार्डिग स्कुल प्रथम, सेरुवा शक्ती आमा समुह द्धितिय, समाबेसी आमा समुह तामनगर तृतीय भएका हुन् । उनीहरुलाई क्रमश १० हजार १ सय १, ८ हजार १ सय १, ५ हजार १ सय १ प्रदान गरीएको हो ।
प्रतियोगितामा बुटवल महिला समुह, सुरक्षीत आमा समुह गैडहवा ८, सुनगाभा पब्लीक माबि सैनामैना ४, सैनामैना मेमोरीयल स्कुल सैनामैना १, कान्ति माध्यमिक बिद्यालय बुटवल, सिद्धार्थ मेमोरीयल एकेडेमी रामापुरको सहभागिता रहेको थियो । रेडियो मलमलाका अध्यक्ष मिन प्रसाद पौडेल तथा यशोधा फडर्स प्रालीक प्रमुख जगन्नाथ न्यौपानेले सहभागी सबै समुहलाई प्रमाण पत्र प्रदान गर्नुभएको थियो ।
कार्यक्रममा कलाकार प्रचण्ड जिसी, दिपु मगर, अनुराधा घर्ति, राम प्रसाद पौडेल, सुरेश परीयार, द्रब्य बराल, उज्वल गिरी लगायतको प्रस्तुती रहेको थियो । कार्यक्रमको स्वागत मन्तब्य रेडियो सञ्चालक समिति सदस्य चित्र बहादुर केसीले राख्नुभएको थियो ।

 

प्रकाशित मिति : ६ भाद्र २०७४ मंगलबार ००:००  १२ : ०३ बजे