१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

सल्यानका स्थानिय तहमा शिक्षा कार्यालय स्थापना



सल्यान, ६ भदौ ।
सल्यानको त्रिवेणि गाउँपालिकामा गाउँ शिक्षा कार्यालय स्थापना गरिएको छ । मङ्गलबार एक कार्यक्रमका विच त्रिवेणि गाउँपालिकाको वडा नम्बर ३ ढुंगे बजारमा स्थापना गरिएको गाउँ शिक्षा कार्यालयको उद्घाटन सम्पन्न भएको गाउँपालिकाका कार्यकारि अधिकृत निम बहादुर के सी ले जनाउनु भएको छ ।

कार्यालयको उद्घाटन गर्दै जिल्ला समन्वय समिती सल्यानका संयोजक केश बहादुर विष्टले गाउँपालिकामै शिक्षा कार्यालय स्थापना भएकाले अव शिक्षा क्षेत्रमा विकास हुने विश्वास व्यक्त गर्नु भयो ।

गाउँ शिक्षा कार्यालयबाटै गाउँपालिका भित्रका सम्पूर्ण विद्यालयको निरक्षण, शिक्षा सम्बन्धी योजना, कार्यक्रम निर्माण तथा कार्यान्वयन गरिने भएकाले शिक्षामा गुणस्तर वृद्धि हुने अपेक्षा गर्नुभयो ।

प्रकाशित मिति : ६ भाद्र २०७४ मंगलबार ००:००  २ : ३५ बजे