१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

प्रदेश बैठकलाई भव्य रुपमा सम्पन्न गर्ने निर्णय



थानेश्वर अधिकारी, कपिलवस्तु, ११ भाद्र ।
मानव अधिकार एलाईन्स जिल्ला शाखा कपिलवस्तुको बैठकले बिगतको समिक्षा गरी यही भाद्र १२ गते कपिलवस्तुमा हुन लागेको मानव अधिकार एलाइन्स प्रदेश नं ५ को प्रदेश स्तरिय बैठकको तयारी सम्बन्धमा छलफल गरेको छ । सिद्धार्थ सामाजिक विकास केन्द्र ४ नं. जितपुरमा सम्पन्न बैठकमा उक्त छलफल भएको हो ।
बैठकमा प्रदेश नं ५ अन्र्तगत रहेका सबै जिल्लाहरुको मानव अधिकारको अवस्था सम्बन्धि प्रतिवेदन प्रस्तुत, जिल्ला शाखाहरुको भेला, प्रदेश स्तरिय भेला तथा कार्यशाला संचालन गर्ने भएको छ ।
साथै जिल्ला शाखाहरुको संस्थागत सुदृढिकरण योजना सम्बन्धमा पनि छलफल हुने मानव अधिकार एलाइन्सका केन्द्रिय उपाध्यक्ष तथा प्रदेश नं ५ का इन्चार्ज पोमनारायण पौडेलले जानकारी दिनुभयो ।
साथै बैठककले कपिलवस्तु जिल्लामा मानव अधिकारको अवस्था र मानव अधिकार एलाईन्स कपिलवस्तुले गरेका संस्थागत गतिबिधिका बारेमा प्रतिवेदन तयार गर्न एलाइन्स जिल्ला शाखा कपिलवस्तुका अध्यक्ष रोमकान्त घिमिरे र सचिव थानेश्वर अधिकारीलाई जिम्मेवारी दिएको छ ।

प्रकाशित मिति : ११ भाद्र २०७४ आइतबार ००:००  २ : ०२ बजे