१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

बाढीले शिक्षामा ११ करोड २६ लाख क्षति



काठमाडौं ११ भदौ ।
तराई–मधेशमा बाढी र पहाडी जिल्लामा पहिरोका कारण एकहजार चारसय ६ विद्यालयमा क्षति पुगेको छ ।
३१ पहाडी जिल्लाका १५ विद्यालय भवन प्रयोग गर्न नमिल्ने गरी बिग्रिएका छन् । साउन २६ देखि २८ गतेसम्म पूर्वी र मध्य तराईका जिल्लामा थुप्रै विद्यालय क्षतिग्रस्त भए पनि अधिकांश प्रयोग गर्न नमिल्ने खालका छन् ।
शिक्षा मन्त्रालयका अनुसार बाढीका कारण रौतहटमा मात्र दुईसयभन्दा बढी विद्यालयमा क्षति पुगेको छ । धेरै विद्यालय क्षति भएका अन्य जिल्लामा महोत्तरी, बर्दिया, सप्तरी, झापा, चितवन र बाँके छन् ।
अन्नपूर्ण पोष्टमा खबर छ

प्रकाशित मिति : ११ भाद्र २०७४ आइतबार ००:००  २ : १० बजे