७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

नेपाल आइडलको ‘फिनाले’ कतारको एसियन क्रिकेट टाउनमा



महेश्वर नेपाल ११ भदौ । नेपाल आइडलको ‘फिनाले’ कतारको एसियन क्रिकेट टाउनमा आउँदो असोज ६ गते हुने भएको छ । अनेस्क वान इन्टरनेसनल क्यानडा र एभरेस्ट युथ एसोसिएसन कतारको संयुक्त आयोजनामा कार्यक्रम हुने भएको हो ।
दोहामा आइतबार पत्रकार सम्मेलन गरी कार्यक्रमका लागि तयारी चलिरहेको एभरेष्ट युथ एशोसिएसनका अध्यक्ष उत्तम गुरुङले जानकारी दिनुभयो । कार्यक्रममा वरिष्ठ संगीतकार शक्ति बल्लभको प्रमुख आतिथ्यता रहने छ ।
यस्तै आइडलका उत्कृष्ट १२ प्रतिस्पर्धीका साथमा कलाकारहरु केदार घिमिरे ९माग्ने बुढा०, सन्दिप क्षेत्री, तेरिया फौजा मगरको प्रस्तुति रहनेछ ।

प्रकाशित मिति : ११ भाद्र २०७४ आइतबार ००:००  ९ : २९ बजे