१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

वाणगंगा नदीले हेर्दा हेर्दै छोरालाई बगायो, बाबु मुर्छित !



मायादेवी अनलाइन, कपिलवस्तु, ११ भाद्र ।
बाढीले बगाउँदै ल्याएका काठ, दाउरा समात्न खोज्दा वाणगंगा नदीले बगाउदा कपिलवस्तुमा एक युवक वेपत्ता भएका छन् ।

आइतबार साँझ पाच बजेको समयमा नदीले बगाएर ल्याएका दाउरा समात्न खोज्दा कपिलवस्तु नगरपालिका वडा नम्बर १२ बेलभरिया बस्ने बर्ष १५ का बंशि मल्लाह नदीमा वेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

आज दिउँसोपख पहाडमा भिषण बर्षा हुँदा वाणगंगा नदी उर्लिएको थियो । उक्त नदीले बगाउँदै ल्याएका काठ समात्न नदीमा पस्दा मल्लाहलाई नदीले बगाएको प्रहरीले जनाएको छ ।

उर्लिएको नदीले आफ्नो छोरो बगाए पछि उनका बाबु रामबृक्ष मल्लाहले प्रहरीलाई खबर गरेका थिए । आफ्नो छोरालाई नदीले आखै अगाडी बढाउदा उनि मुर्छित परेका थिए । बाढीले बगाएर ल्याएका काठ, दाउरा समात्न यहाँ तछाड मछाड हुने गरेको छ ।

प्रहरीले पटक पटक बाढी आउने स्थलमा नजान सार्वजनिक सुचना जारी गरे पनि अटेरी गर्ने गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक प्रलाह्द अधिकारीले जानकारी दिनुभएको छ । उनको खाजीकार्यमा प्रहरी परिचालन गरिएको अधिकारीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : ११ भाद्र २०७४ आइतबार ००:००  ३ : ०१ बजे