१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

३ वर्षमा वाणगंगाको मुहार फेर्छौ : उपप्रमुख अर्याल



दिपा महत, कपिलवस्तु, १४ भदौ ।
अबको ३ वर्ष भित्र वाणगंगा नगरपालिकाको मुहार फेरिने उपप्रमुख चक्रपाणी अर्यालले बताउनु भएको छ । साथै विकास निर्माणका काममा जुट्न पनि उहाँले सबैलाई आग्रह गर्नु भएको छ । वाणगंगा नगरपालिका वडा नम्बर ३ ले आयोजना गरेको वडा भेलामा बोल्दै उपप्रमुख अर्यालले यस्तो बताउनु भएको हो ।
नगरपालिकाले प्रदान गर्ने पुरस्कार जित्न वडा नम्बर ३ सफल होस भनी शुभकामना दिनु भएको छ । रकम अभावका कारण जनताको पक्षमा रहेको विकास निर्माणको काम प्रभावित हुन नदिने प्रतिबद्धता जनाउँदै उहाँले जनप्रतिनिधी सेवकको रुपमा जनता सामु खटि रहने जनाउनुभयो ।
यस्तै उहाँले नगरपालिकाले पार्रदर्शी रुपमा काम गर्ने, कुनैकुरा जनतालाई नलुकाई इमान्दारिताका साथ निभाउने प्रतिबद्धता पनि जनाउनुभयो । भेलामा वडा नम्बर ३ का वडा अध्यक्ष सन्तराम रौतारले १ करोड बराबरको बजेट प्रस्तुत गर्नु भएको थियो ।
वडा अध्यक्ष रौतारले बैरिया बबनि सडक, राजापानीको खोला ७ मौजाको बाटोमा पुल २५ लाख मैनारा, बालापुर सडक कालोपत्रे ५० लाखको बनाउने गरि वडा भेलामा योजना प्रस्तुत गर्नुएको थियो ।
कार्यक्रममा नेपाली कांग्रेसका पर्रशुराम ज्ञवाली, एमालेका झमन सिंह राना, माओवादी केन्द्रका शिव पौडेल, सामाजिक संघ संस्थाको तर्फबाट मित्रलाल शर्मा, ढाकाराम अधिकारी लगायतले बोल्नु भएको थियो । भेला वडा सदस्य सरिता ढकालको स्वागत मन्तब्य नगरपालिकाका कार्यकारी सदस्य योगनाथ सुनारको धन्यवाद ज्ञापन र सदस्य कुलबहादुर सोमैको सञ्चालनमा भएको हो ।
यसैबिच वडा ५ र ६ को वडा भेला पनि कोपवामा भएको छ । सांसद विश्राम प्रसाद थारुको प्रमुख आतिथ्यतामा भएको उक्त भेलामा सयौ सर्वसाधारणको उपस्थिती रहेको थियो । भेलामा वडा नम्बर ५ का वडा अध्यक्ष भिष्मराज भुषाल र ६ का अध्यक्ष सुकदेव थारुले वडाको कार्ययोजना प्रस्तुत गर्नु भएको थियो ।

प्रकाशित मिति : १४ भाद्र २०७४ बुधबार ००:००  १ : ४७ बजे