१३ बैशाख २०८१, बिहिबार | Fri Apr 26 2024

रक्तिम कपिलवस्तुमा नेपाली



माधव भाट क्षेत्री, कपिलवस्तु, १८ भाद्र ।
राष्ट्रिय जनमोर्चा निकट सांस्कृतिक मोर्चा रक्तिम सांस्कृतिक अभियानको जिल्ला अध्यक्षमा मन बहादुर नेपाली चयन हुनु भएको छ ।

बाणगंगा नगरपालिका ८ चप्परगाउँमा सम्पन्न भएको तेस्रो जिल्ला भेलाले नेपालीको अध्यक्षतामा ११ सदस्यीय रक्तिम सांस्कृतिक अभियान जिल्ला समिति कपिलवस्तुको पुन गठन गरेको हो ।

जसको उपाध्यक्षमा गोविन्द पौडेल, सचिवमा सुलोचना पराजुली, सह सचिवमा पुजा रेग्मी र कोषाध्यक्षमा लक्ष्मी खनाल रहनु भएको छ । त्यस्तै सल्लाहकारहरुमा निबर्तमान अध्यक्ष माधब भाट क्षेत्री, हिमलाल वाग्ले रहनु भएको छ ।

भेलामा ने.क.पा.मसाल जिल्ला प्रवक्ता छबिलाल गैरे, अखिल नेपाल किसान संघ केन्द्रिय उपाध्यक्ष शिव पौडेल, अखिल नेपाल महिला संघ जिल्ला अध्यक्ष मेनका शर्मा, राष्ट्रिय जनमोर्चा प्रदेश नम्बर ५ का सदस्य हिमलाल वाग्ले लगायतले सफलताको शुभकामना दिनु भएको थियो ।
पहिलो बैठकले आउदै गरेको शुभ दिपावलि २०७४ को उपलक्ष्यमा जिल्ला समितिले जनबादी भैलो सन्चालन गर्ने निर्णय गर्नुको साथै बुद्धभुमी नगरपालिका र शिवराज नगरपालिकामा समेत छुट्टाछुट्टै नगर स्तरिय जनवादी देउसी भैलो सन्चालन गर्ने निर्णय गरेको छ ।

 

प्रकाशित मिति : १८ भाद्र २०७४ आइतबार ००:००  २ : ५३ बजे