१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

नेपाल राष्ट्रिय शिक्षक संगठन बाणगंगाको नेतृत्वमा रेग्मी



थानेश्वर अधिकारी, कपिलवस्तु, १८ भाद्र ।
नेपाल राष्ट्रिय शिक्षक संगठन बाणगंगाको प्रथम अधिबेशनबाट जगतराज रेग्मीको अध्यक्षतामा २३ सदस्यिय नयाँ कार्यसमिति सर्बसहमतिबाट चयन भएको छ ।
सिद्धार्थ क्याम्पस बुङ्चीमा भएको सो कार्यक्रमबाट महिला उपाध्यक्षमा मिरा ढकाल, उपाध्यक्षमा धन बहादुर गाहा मगर सचिवमा ओम प्रकाश घिमिरे, कोषाध्यक्षमा सुरेन्द्र घिमिरे, सहसचिवमा सरस्वती गौतम रहनुभएको छ ।
यसैगरि सदस्यहरुमा सुर्य चुँदाली, कृष्ण खनाल, बिष्णु कुमार थापा, टिका मल्ल, चेतनाथ पौडेल, राम प्रसाद भट्टराई, यादव पौडेल, तिलकराम पौडेल, धातानन्द पौडेल, बिष्णु प्रसाद खनाल खुल्ला महिला सदस्यमा पुनम राना, लक्ष्मी घिमिरे, रुद्रमाया पौडेल, कविता पोख्रेल, संस्थागत बिद्यालयको तर्फबाट तारा प्रसाद पौडेल रहनु भएको छ भने बाँकी सदस्य पछि थप गरिने भएको छ ।
कार्यक्रम जगतराज रेग्मीको अध्यक्षता, नेकपा एमाले जिल्ला सचिव बाबुराम आचार्यको प्रमुख आथित्यता, सांसद बिश्राम प्रसाद चौधरी नेपाल निजामती कर्मचारी संगठनका केन्द्रिय सदस्य खिम बहादुर जि.सी. र नेपाल राष्ट्रिय शिक्षक संगठनका जिल्ला अध्यक्ष जगन्नाथ मरासिनीको बिशिष्ट आथित्यतामा सम्पन्न कार्यक्रम मिरा ढकालको स्वागत तथा झगेश्वर अर्यालको संचालनमा सम्पन्न भएको थियो ।

प्रकाशित मिति : १८ भाद्र २०७४ आइतबार ००:००  २ : ५८ बजे