८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

मुस्लिम समुदायले बकर इद मनाउँदै, सरकारद्धारा सार्वजनिक विदा



इमरान खान, कपिलबस्तु, १८ भाद्र ।
कपिलवस्तुका मुस्लिम धर्मावलम्वीहरुले आफ्नो दोस्रो ठुलो पर्व बकर इद धुमधामका साथ मनाई रहेका छन् । सदरमुकाम तौलिहवा, चन्द्रौटा, कृष्णनगर, पकडी, चाकरचौडा लगायत विभिन्न स्थानहरुमा रहेका ईदगाहमा भेला भै मुस्लिम समुदायहरुले सामुहिक नमाज पढेर एक आपसमा शुभकामना आदान प्रदान गरि बकर इद मनाइरहेका हुन ।
ईदुल अजहाको नमाज पढी सके पछि उनीहरु आआफ्नो घर गई आफ्नो क्षमता अनुसारको कुरवानी अर्थात् बली दिने गर्दछन् । मुस्लिम धार्मिक ग्रन्थ अनुसार अल्लाहले सवै भन्दा प्यारो वस्तु कुरवानी मागे पछि नवि इब्राहिम अलि सलामले आफ्नो प्यारो छोरा इस्माईलको वली स्वरुप कुरवानी दिन खोज्दा अल्लाह खुशी भई ईस्माईलको ठाउ“मा दुम्बा अर्थात भेडाको कुरवानी गरेको धार्मिक जन विश्वास रहेको छ ।
आजको दिनलाई मुस्लिमहरु अल्लाहले दुब्बाको कुरवानी लिएर ईस्माइललाई बचाएको पवित्र दिनको रुपमा स्मरण गर्दै घर घरमा खसी, भेडा, रांगा एवं पाठी बली दिन्छन । कुरवानीको मासु प्रसादको रुपमा ३ भाग लगाएर पहिलो भाग गरीवहरुको दोस्रो भाग साथीभाईका लागि र तेस्रो भाग परिवारमा राखेर खाने गरिन्छ ।
नया“ लुगा लगाई बकरईदको शुभकामना आदान प्रदान साटासाट गरी बकरईदका दिन कपिलवस्तुका मुस्लिमहरुले हिन्दु तथा अन्य धर्मावलम्वीका व्यक्तिहरुलाई आफ्नो घरमा निमन्त्रणा गरी सामुहिक रुपमा सद्भाव र खुशीयालीका साथ यो पर्व मनाउने गर्ने गर्दछन् ।

यसैविच मुस्लिमहरुको दोस्रो ठुलो पर्व बकर इदको अवसरमा सरकारले आइतबार सार्वजनिक विदा पनि दिएको छ ।

प्रकाशित मिति : १८ भाद्र २०७४ आइतबार ००:००  ३ : ०७ बजे