१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

साउदीमा भीमबहादुरको मृत्युपछि परिवार शोकमा, शव अझै आएन



चुरामणी अर्याल, कपिलवस्तु, भदौ १८ ।
रोजगारीको सिलसिलामा साउदी पुगेका कपिलवस्तुकोे वाणगंगा नगरपालिका ९ भर्तापुरका ३० वर्षीय भीमबहादुर पछाईकोे मृत्युपछि परिवार शोकमा डुबेको छ ।

साउदीको सबकातुइन्सा कम्पनीमा कार्यरत पछाईको कामबाट कोठामा फर्कने क्रममा दुर्घटनामा परी मृत्यु भएको हो । गएको साउन ५ गते मृत्यु भएका पछाईको शव अहिलेसम्म नेपाल नआउँदा परिवार अझ चिन्तित बनेका छन् ।

घटना भएकोे अघिल्लो दिनसम्म फोनमा राम्रै कुराकानी गरेकी भीमबहादुरकी श्रीमती सुबास्नाले बताउनुभयो । धन कमाउन विदेश गएका छोराको मृत्युको खबर सुनेपछि यतिबेला परिवार शोकमा डुबेको छ ।

काठमाडौँको सलमानी ओभरसिज म्यानपावरबाट दुई वर्षअघि साउदी पुगेका पछाईले इलेक्ट्रिक कम्पनीमा काम गर्दै आउनु भएको थियो ।

प्रकाशित मिति : १८ भाद्र २०७४ आइतबार ००:००  ११ : १२ बजे