७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

कक्षा १२ को नतीजामा होराईजन यस बर्ष पनि जिल्ला उत्कृष्ट



दिपा महत, कपिलवस्तु, १९ भदौ ।
उच्च माध्यमिक परिक्षाको नतिजामा पटक पटक कपिलवस्तु प्रथम भएको वाणगंगानगरपालिका ४ सिद्धिपुरमा अवस्थित होराईजन अङग्रेजी आवाशिय उच्च मावि यस बर्ष पनि जिल्लामा उत्कृष्ट भएको छ ।

बिहिबार प्रकाशित कक्षा १२ को परिक्षाको नतीजामा होराइजन जिल्ला प्रथम भएको विद्यालयले जनाएको छ । रेडियो बुद्ध आवाज संग कुराकानी गर्दै विद्यालयका उमावि संयोजक मोहनप्रसाद बेल्वासेले आफुको विद्यालयले सबै भन्दा उत्कृष्ट नतिजा ल्याउन सफल भएको दाबी गर्नु भएको हो ।

होराईजनमा अध्ययनरत छात्र जित बहादुर रानाले ८१ . ८ प्रतिशत अंक लिई प्रथम हुनुभएको छ । यसैगरी सोहि विद्यालयमा अध्ययनरत छात्र राजन पोख्रेलले ८०.२ प्रतिशत अंक ल्याई जिल्ला दोस्रो हुनु भएको हो । यस वर्ष होराईजन उमावि बाट ५ जना विद्यार्थी विशिष्ट श्रेणी, १५ जना प्रथम श्रेणी र २५ जना द्धितिय श्रेणीमा उत्तिर्ण भएका बताइएको छ ।

यसैबिच जिल्ला शिक्षा अधिकारी सुरेन्द्र पराजुलीले जिल्लामा प्रथम को भएको आफुलाई आधिकारिक जानकारी नभएको बताउनुभएको छ । उहाले राष्ट्रिय परिक्षा बोर्डले नतीजा सार्वजनिक गरेको कारण आफुलाई नतीजाको बारेमा जानकारी नभएको स्पष्ट पार्नुभयो ।

गत विहिबार प्रकासित भएको नतिजामा नियमित तर्फ ४८ दशमलव १७ प्रतिशत विद्यार्थी उत्तिर्ण भएका थिए । राष्ट्रिय परीक्षा बोर्डले विज्ञान संकायको नतिजा भने गत साउन २० गते प्रकाशित गरिसकेको थियो ।

प्रकाशित मिति : १९ भाद्र २०७४ सोमबार ००:००  १ : ५७ बजे