१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

नेपाल मगर संघ वाणगंगा वडा अधिवेशनमा जुट्यो



कपिलबस्तु, १९ भाद्र ।
नेपाल मगर संघ बाणगंगा नगरपालिका अन्तर्गत वडा नम्बर ३ र ४ को संयुक्त वडा अबिधेशन सम्पन्न भएको छ । अधिवेशनले नेपाल मगर संघका निर्वतामन उपाध्यक्ष झमन बहादुर सोमैको अध्यक्षता नयाँ कार्यसमिती चयन गरेको छ । वडा नम्बर ३ र ४ को ५ सदस्यिय सचिवालयको गठन गरिएको छ ।

जसको संयोजकमा झमन बहादुर सोमै, सचिवमा गुनी गाहा, कोषाध्यक्षमा हेमबहादुर गाहा, सदस्यहरुमा लालबहादुर रेश्मी, हिमबहादुर गाहा रहनु भएको छ । यसैगरी वडा नम्बर ३ को ११ सदस्यीय वडा समिती गठन भएको छ ।

जसको वडा अध्यक्षमा लालबहादुर रेश्मी, उपाध्यक्षमा हुमकला थापा, सचिवमा रनबहादुर थापा मगर, कोषाध्यक्षमा खोम बहादुर थापा अन्य सदस्यमा रहनु भएको छ । यसैगरी वडा नम्बर ४ को वडा अध्यक्ष खड्क बहादुर गाहा, उपाध्यक्ष्मा भुलकुमारी राना, सचिवमा देबेन्द्र झेडी, कोषाध्यक्ष्मा खुमबहादुर रास्कोटी अन्य सदस्यमा रहनु भएको छ ।

कार्यक्रम नेपाल मगर संघका जिल्ला सल्लाहाकार एबम मगर युवा संघका जिल्ला संयोजक कुल बहादुर सोमैको प्रमुख आतिथ्यता, नेपाल मगर संघका जिल्ला सचिब मोहन सिंजालीको बिशिष्ट आतिथ्यता, नेपाल मगर संघका जिल्ला सदस्य टेक बहादुर थापा मगर, सचिव पिताम्बर सिंजाली, जिल्ला अध्यक्ष बिष्णु राना मगरको अतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा प्रगति प्रतिबेदन र आर्थिक प्रतिवेदन पनि प्रस्तुत गरिएको थियो । कार्यक्रम नेपाल मगर संघ वाणगंगा नगरपालिका ३ का निर्वतमान वडा अध्यक्ष लोक बहादुर थापा मगरको स्वागत र वाणगंगा नगर समिती सदस्य मुक्त बहादुर थापाको सञ्चालनमा भएको हो ।

प्रकाशित मिति : १९ भाद्र २०७४ सोमबार ००:००  २ : ०१ बजे