१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

ऐतिहासिक तथा पुरातात्विक सम्पदाको चिनारी दिन म्युजिक भिडियो बनाइँदै



मायादेवी अनलाइन ।
राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपाल जिल्ला अध्यक्ष थानेश्वर अधिकारी, प्रतिष्ठान अञ्चल सह–कोषाध्यक्ष पुर्णचन्द्र परियार र चर्चित लोक दोहोरी गायिका देवी घर्तिको स्वर रहेको “फुलको डालीमा” भन्ने बोलको नेपाली टिपिकल दोहोरी गितको म्युजिक भिडियोको छायांकन यही भाद्र २३ गते कपिलवस्तुमा हुने भएको छ ।
सुजन लम्सालको शब्द रहेको सो गितको रेकर्ड मारुनी रेकर्डिङ स्टुडियो काठमाण्डौमा भएको थियो । कपिलवस्तु जिल्लामा रहेका धार्मिक, पुरातात्विक तथा ऐतिहासिक स्थल तिलौराकोट, जगदिशपुरताल, लक्ष्मणघाट लगायतका स्थानमा सो गितको छायांकन गरिने भएको छ ।
चर्चित मोडल अञ्जली अधिकारी र पि.एन. सापकोटाले अभिनय गर्नुहुने सो गितमा राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपाल कपिलवस्तुका कलाकारहरुले समेत अभिनय गर्ने भएका छन् ।
चर्चित नृत्य निर्देशक लोकेन्द्र शाहले निर्देशन गर्ने सो गितको छायांकन दुर्गा पौडेल गर्ने राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपाल कपिलवस्तुका अध्यक्ष थानेश्वर अधिकारीले जानकारी दिनुुभयो ।
बिगत ७ बर्ष देखी कपिलवस्तु जिल्लामा रहेर लोक संस्कृतिको संरक्षण र संबद्र्धनमा लागी पर्नुपर्नेका यस जिल्लाका लोक दोहोरी गीतका संरक्षकद्धय थानेश्वर अधिकारी र पुर्णचन्द्र परियारको यो पहिलो प्रयास भएता पनि कपिलवस्तु लगाएत जिल्लाका थुप्रै मेला, महोत्सव, तिज बिशेष कार्यक्रम र साँस्कृतिक कार्यक्रमहरुमा उहाँहरुको प्रस्तुती रहने गरेको छ ।
सो छायाँकनमा कपिलवस्तु जिल्ला भित्र लुकेर रहेका प्रतिभाहरुलाई स्थान दिइने भएकाले यस गित प्रतिको आकर्षण बढ्न गएको छ । मायाप्रेममा आधारित रहेर तयार पारिएको सो गितले थुप्रै श्रोताहरुको मन जित्न सक्ने गायक अधिकारी बताउनु हुन्छ ।
यो गितको सफलता पछि कपिलवस्तु जिल्लामा रहेका धार्मिक, साँस्कृतिक, पुरातात्विक र ऐतिहासिक सम्पदाको चिनारी दिने खालको गित बजारमा ल्याउने उहाँ बताउनुहुन्छ ।

प्रकाशित मिति : १९ भाद्र २०७४ सोमबार ००:००  ९ : ४७ बजे