८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

(डिआइडि) सिजन २ को भालुबाङ्ग अडिसन यहि भाद्र २४ गते



सुमन के.सि. दाङ २२ भाद्र ।

नृत्य बिद्याको महासंग्राम डान्स आइकन दाङ(डिआइडि) सिजन २ को भालुबाङ्ग अडिसन यहि भाद्र २४ गते राप्ति उद्योग बाणिज्य संघको सभाहलमा आयोजना हुने भएको छ । राष्ट्रव्यापि नृत्य बिद्याको महा संग्राम को भालुबाङ्गको अडिसन संयोजनको जिम्मेवारी लालमटिया स्थित न्यू डान्स क्रियसनले लिएको संचार संयोजक दिपक बोहराले जानकारी दिनुभएको छ । डान्स आइकन दाङ(डिआइडि) को यसअघि तुलसिपुर,नेपालगंज र घोराही अडिसनबाट ५७ जना प्रतिस्पर्धीहरु मेगा राउण्डका लागि छनौट भईसका छन् । यसै बिच भालुबाङ्ग अडिसनको सम्पुर्ण तयारी पुरा भएको प्रेस सहसंयोजक सुमन के.सि.ले जनाएका छन् । शनिबार १० बजेदेखि सुरुहुने अडिसनमा भागलिन डान्स आइकन दाङ(डिआइडि) सिजन २ का संयोजक दिपक वलिले आह्वान गर्नुभएको छ । दाङ जिल्लालाई आधार बनाएर डिटेन इन्टरटेन्मेन्ट प्रा.लिले आयोजना गरेको राष्ट्रव्यापि नृत्य प्रतियोगिता लाई केन्द्रबाट टिभि टुडे र एनटिभि प्लसले प्रशारण गर्ने गरि व्यवस्था मिलाईएको डान्स आइकन दाङ(डिआइडि) सिजन २ का रणनैतिक संयोजक बिष्णुकुमार देवकोटाले जानकारी दिनुभयो । दाङ जिल्लाबाट संचालनमा रहेको सर्वाधिक धनरासीको नृत्य बिद्याको महासंग्राम अन्य अवार्डहरुका अलावा यस पटक जिल्लागत बिजेताहरु समेत घोषणा गरिने आयोजकले जानकारी दिएको छ ।

प्रकाशित मिति : २२ भाद्र २०७४ बिहिबार ००:००  ८ : ३७ बजे