१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

विद्यालय गएका शिक्षक घर फर्केनन्



नवलपरासी, २३ भाद्र ।
नवलपरासीमा एकजना शिक्षक बेपत्ता भएपछि आफन्तले खोजी गरिदिन भन्दै इलाका प्रहरी कार्यालय कावासोतीमा निवेदन दर्ता गराएका छन् ।
नवलपरासीको कावासोतीका रामप्रसाद चापागाईं देबचुली नगरपालिकामा रहेको विश्वज्योति बोर्डिङ स्कूलमा पढाएर घर नफर्किएको भनी परिवारजनले प्रहरीमा निवेदन दिएका हुन् ।
गत भदौ १६ गते शुक्रबार विद्यालयमा पढाएर हिँडेका रामप्रसाद घर नआएपछि बुधबार प्रहरीमा श्रीमती संगिता र बुबा दुर्गादत्त चापगाईंले निवेदन दर्ता गराएको इलाका प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
रामप्रसाद के कारणले हराए भन्ने विद्यालय र परिवारलाई थाहा छैन । कावासोतीबाट चार किलोमिटर दूरीमा रहेको उक्त विश्वज्योति बोर्डिङ्मा उनी गत वैशाखदेखि पढाउन थालेका थिए ।
यसैबीच, नवलपरासीको बर्दघाट नगरपालिका–१६ केराघारीको एक बालिका बेपत्ता भएकी छिन् ।
आशा गुरुङकी १२ वर्षीया छोरी अस्मिता मंगलबार गंगा मावि गंगाबस्तीबाट साथीसँग पौडी खेलिरहेको अवस्थामा तीनजना साथी घर फर्के तर अस्मिता दाईको ससुराली सर्दी जान्छु भनी हिँडेको तर त्यहाँ नपुगेको र घर पनि नफर्केको आमा आशाले जानकारी दिन’भयो ।

प्रकाशित मिति : २३ भाद्र २०७४ शुक्रबार ००:००  ४ : ५५ बजे