१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

शिक्षा आयोगले नेपालको शिक्षा प्रणालीलाई व्यवस्थित गर्छ, अध्यक्ष शाही



शरद रेग्मी, दाङ २४ भदौ ।
राष्ट्रिय निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल ( एनप्याव्सन) का केन्द्रीय अध्यक्ष कर्ण बहादुर शाहीले भरखरै मात्रै बनेको शिक्षा आयोगले नेपालको शिक्षा प्रणालीलाई व्यवस्थित गर्ने वताएका छन ।
एनप्याब्सनको राष्ट्रिय महाभिवेशनको तयारी तथा सल्यानको जिल्ला अघिबेशनमा सहभागि हुन आएका अध्यक्ष शाही संग रिपोटर्स क्लव दाङले गरेको साक्षात्कारमा उनल यस्तो वताएका हुन ।
उनले आबश्यकता अनुसार राज्यले आयोग गठन गरेको र ओयोगले शिक्षामा देखिएको विभेदको नीतिलाई समाधान गर्ने विश्वास व्यक्त गरे । नेपालमा निजी लगानीका शिक्षण संस्थाहरुले महत्वपूर्ण भूमिका खेलेको भन्दै शाहीले निशुल्क शिक्षा भन्दा पनि व्यवस्थित शिक्षा अवको आबश्यकता रहेका वताए ।
रिपोटर्स क्लव दाङका अध्यक्ष शरद रेग्मीको अध्यक्षतामा भएको साक्षात्कारमा उनले नेपालमा ३० प्रतिसत शिक्षामा निजी क्षेत्रको लगानी भएको भन्दै शाहीले निजी क्षेत्रको लगानीलाई कहि कतै कुनै निकायले पनि महत्व नदिएको वताए । गुणस्तरिय शिक्षा दिने निजी विद्यालयहरुलाई विभेदकारी रुपमा हेर्ने गरिएको गुनासो समेत उनले गरे । कार्यक्रमको सञ्चालन सचिव विमल गौतमले गरेका थिए ।

 

प्रकाशित मिति : २४ भाद्र २०७४ शनिबार ००:००  १२ : २९ बजे