१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

नेपाल आइडलका प्रतियोगी सागर आले र सुरज थापा कोरिया आउँदै



शिब भुसाल, सौल, २९ भदौ ।
कोरीयामा लुम्बिनी घर निर्माण गर्ने उद्देश्य सहित अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरीयाले साँगीतीक कार्यक्रम गर्ने भएको छ । कोरियाको महान चाड छुसकको अवसर पारेर आगामी अक्टोबर ५ तारिखका दिन सौलमा सुपादेउराली सांगीतिक सौगात भाग १ गर्ने भएको मंचले जनाएको छ ।
उक्त सांगीतिक साँझमा नेपाल आइडलमा अत्याधिक दर्शकले रुचाएका र टप ४ सम्म पुग्न सफल बहुप्रतिभाशाली गायक सागर आले र अर्का प्रतियोगी सुरज थापाको प्रस्तुती रहने मंचका अध्यक्ष दिनामनी पौडेलले जानकारी दिए ।
कार्यक्रममा सागर र सुरजका साथमा लोकगायक रामजी खाँड, लोकगायिका सम्झना लामिछाने मगर, हाँस्य कलाकार दिनेश काफ्ले, चर्चित डान्सर रश्मी तामाङका साथमा स्थानीय कलाकारहरुको दमदार प्रस्तुति रहने आयोजकले जनाएको छ । कार्यक्रमबाट संकलित रकम लुम्बिनी घर निर्माण अभियानमा लगाईने मंचका उपाध्यक्ष मिनराज पोखरेलले बताए ।

प्रकाशित मिति : २९ भाद्र २०७४ बिहिबार ००:००  १० : ५२ बजे