१३ बैशाख २०८१, बिहिबार | Fri Apr 26 2024

लक्ष्मणघाट माविमा तीन वटा कार्यक्रम सम्पन्न



कोपिला पोख्रेल, कपिलवस्तु ३० भदौ ।
एक कार्यक्रमका बिच लक्ष्मणघाट मावि लक्ष्मणघाटले ३ वटा कार्यक्रमहरु सम्पन्न गरेको छ । विद्यालयमा ३८ वर्षको लामो अध्यापन प्रश्चात अवकास प्राप्त शिक्षक द्रोण प्रसाद आचार्यको बिदाई तथा उक्त पद पुर्तिका लागि आउनु भएका शिक्षक चेतनाथ पौडेललाई स्वागत गरिएको हो । कार्यक्रममा शिक्षक द्रोण प्रसाद आचार्यले विद्यालयको अक्ष्ययकोष स्वरुप ५० हजारको चेक सोही विद्यालयलाई हस्तान्तरण गर्नुभएको थियो ।

कार्यक्रमको अध्यक्षता विद्यालय प्रधानाध्यापक धर्मराज भुषाल, विद्यालय व्यवस्थापन समिति अध्यक्ष तेजेन्द बहादुर पाण्डेको आतिथ्यतामा कार्यक्रम भएको थियो । सोही कार्यक्रम मार्फत बोल्दै विद्यालयका अध्यक्ष पाण्डेले विद्यालयको चौतर्फी बिकासका लागि सहयोग गर्न तत्पर रहेको र विद्यालयका सम्पुर्ण शिक्षक विद्यार्थीहरुलाई निजी विद्यालय भन्दा गुणस्तर ल्याउनका लागि पहल गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

कार्यक्र्रममा सहायक प्रधानध्यापक मुधुप्रसाद पोख्रेलको स्वागत मन्तव्य, अतिरिक्त क्रियाकलाप संयोजक शिक्षक तथा साहित्यकार लेखनाथ घिमिरेको संचालनमा कार्यक्रम भएको थियो । त्यस्तै हिजो बाल दिवसका अवसरमा विद्यालयका विद्यार्थीहरुमा अन्तरसदनात्मक हाजिरी जवाफ प्रतियोगिता भएको छ । जसमा बाणगंगा सदनका विद्यार्थी प्रथम, बुद्धभुमि सदनका विद्यार्थी द्धितिय, र शिवराज सदनका विद्यार्थी तृतिय भएका छन ।

कार्यक्रममा बाल दिवसका अवसरमा सम्पुर्ण विद्यार्थी हरुलाई मिठाई बितरण गरिएको थियो भने बिजेता सदनहरुलाई पुरस्कार बितरण विद्यालयका प्रअ भुषालले प्रदान गर्नु भएको थियो ।

 

प्रकाशित मिति : ३० भाद्र २०७४ शुक्रबार ००:००  २ : २३ बजे