१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

टीकापुर बहुमुखी क्याम्पसमा दशै मिलन तथा शुभकामना आदानप्रदान



मायादेवी अनलाइन, कैलाली, २ असोज ।
टीकापुर बहुमुखी क्याम्पसमा दशै मिलन, शुभकामना आदान प्रदान तथा रचना वाचन कार्यक्रम सम्पन्न भएको छ । स्वतन्त्र विद्यार्थी युनियन टीकापुर बुहुमूखी क्याम्पस र गोधुलि साहित्यिक प्रतिष्ठानको आयोजनामा कार्यक्रम समपन्न भएको हो । स्ववियु सभापति सुरेश प्रसाद शर्माको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा टीकापुर बुहुमूखी क्याम्पस व्यवस्थापन समितीका अध्यक्ष नवलसिहँ खड्का प्रमुख अथिती रहेका थिए ।

कार्यक्रममा क्याम्पस प्रमुख केशर बहादुर कुवँर, सहायक क्याम्पस प्रमुख ढविन्द्र रावल, प्राध्यापक संघका सभापति देवराज जोशि, कर्मचारी संघका सभापति धुब्र बहादुर रावल, लम्की बहुमुखी क्याम्पसका सभापति ललित जैशि लगायतले बोलेका थिए भने कार्यक्रममा गोधुलि साहित्यक प्रतिष्ठानका अध्यक्ष धमेन्द्र वि.सी. अच्युत, बावु देवकोटा, हर्क विष्ट, केशव मुडभरी, लक्ष्मा भट्ट, महेन्द्र रावल, तपेन्द्र बजगाईले आफ्ना रचना वाचन गरेका थिए ।

साथै कार्यक्रमको संञ्चालन गोधुलि साहित्यक प्रतिष्ठान टीकापुर बुहुमूखी क्याम्पसका अध्यक्ष धनराज कटेल ले गरेका थिए् । यसै विच आजै एक कार्यक्रम का विच टीकापुर बहुमुखी क्याम्पसमा कक्षा ११ का नवआगान्तुक विद्यागर्थीलाई स्वागत गरिएको छ । कक्षा ११ का छात्र तपेन्द्र बजगाईको सभापतित्वमा समपन्न भएको कार्यक्रममा टीकापुर बहुमूखी क्याम्पसका प्लस टु कार्यक्रम संयोजक भरत कुमार तिरुवा रहेका थिए ।

कार्यक्रममा प्राध्यापक तिलक देव गिरी, स्ववियु उप–सभापति भक्तराज देवकोटा,अनेरास्ववियु क्याम्पसका ईकाई अध्यक्ष पहल सिहँ धामि, कर्मचारी संघका सभापति धुव वहादुर रावल, स्ववियु सचिव धनराज कटेल, प्राध्यापक संघका सभापति देवराज जोशि लगायतले बोलेको कार्यक्रमको संञ्चालन आदित्य न्यौपाने र विमला बमले गरेका थिए ।

प्रकाशित मिति : २ आश्विन २०७४ सोमबार ००:००  १२ : २३ बजे