६ बैशाख २०८१, बिहिबार | Thu Apr 18 2024

दुईवटा पत्रकारिता पुरस्कार स्थापना



बनियानी, झापा, ३ असोज । झापाको मेचीनगरस्थित प्रेस क्लबले दुईवटा पत्रकारिता पुरस्कार स्थापना गरेको छ ।

क्लबले रु ११ हजार १११ राशिको ‘मेचीनगर पत्रकारिता पुरस्कार’ र रु पाँच हजार ५५५ राशिको ‘पत्रकारिता प्रोत्साहन पुरस्कार’ स्थापना गरेको हो ।

उक्त पुरस्कारबाट यस वर्ष पत्रकार लक्ष्मी उप्रेतीलाई मेचीनगर पत्रकारिता पुरस्कार र पत्रकार प्रतीक न्यौपानेलाई पत्रकारिता प्रोत्साहन पुरस्कार प्रदान गरिने भएको क्लबका अध्यक्ष सन्तोष आचार्यले जानकारी दिनुभयो ।

पत्रकार उप्रेती र न्यौपानेलाई क्लबको दोस्रो अधिवेशनको अवसर पारेर असोज ६ गते पुरस्कार प्रदान गरिने अध्यक्ष आचार्यले बताउनुभयो । रासस

प्रकाशित मिति : ३ आश्विन २०७४ मंगलबार ००:००  ४ : ३६ बजे