१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

पेस्तोल सहित पक्राउ परेका चौधरीलाई रिहाईको माग गर्दै सडक जाम



कोपिला पोख्रेल, कपिलवस्त ८ असोज ।
कपिलवस्तुको कृष्णनगर नगरपालिका–७ बुटहनियामा कटुवा पेस्तोल र गोलीसहित एकजना आज पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय बहादुरगञ्जको गस्ती टोलीले बुटहनियामा दुई वटा कटुवा पेस्तोल त्यसमा लाग्ने दुई राउण्ड बुलेटसहित भरत चौधरीलाई पक्राउ गरेको थियो । उता महाराजगंज न.प.६ का चौधरीलाई निस्वार्थ रहाईको माग गर्दै स्थानिय जनताले चक्का जाम गरेका छन ।
चौधरी आज बिहान ४ बजे बुटहनियामा आफ्नै मिलमा पक्राउ परेका थिए । गोप्य सुराकीका आधारमा प्रहरीको गस्ती टोलीले चौधरीलाई पक्राउ गर्न सफल भएकोे इलाका प्रहरी कार्यालय बहादुरगञ्जका प्रहरी सहायक निरीक्षक दीपेन्द्र गिरीले बताउनु भयो । आज बिहान ६ बजे घर देखी आफ्नो उखुमिल (कोल्हु) सम्म जादै गर्दा १ जना अपर्चित व्यक्तिले एउटा झोला दिदै गर्दा पुलिसले पक्राऊ गरेको बताईएको छ ।
पक्राउ गर्ने व्यक्ति सोझा साझा रहेको र प्रशासनले फसाउन खोजेको भन्दै रिहाईको माग गर्दै चक्का जाम गरिएको कुर्मी युवा संघका अध्यक्ष रामदाश चौधरीले बताएका छन । भारत बाट घर जादै गर्दा बन्दमा परेको घोराही निवासी राम प्रकास थारुले भन्नुभयो उँहा मात्र नभई बडा दशै मनाउन घर जाने कयौ यात्रु बाटैमा अलपत्र परेका छन ।

 

प्रकाशित मिति : ८ आश्विन २०७४ आइतबार ००:००  १२ : ५८ बजे