७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026

शिवराज र बुद्धभुमि नगरपालिकाका दर्जनौ पसलहरुमा अनुगमन



कोपिला पोख्रेल, कपिलवस्तु ८ असोज ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय कपिलवस्तु र जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले आइतबार शिवराज नगरपालिका तथा बुद्यभुमि नगरपालिकाका १ दर्जन बढि होटल, किराना पसल, मिस्ठान्न भण्डारमा अनुगमन गरेको छ ।
अनुगमनका क्रममा जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृत पुनाराम पौडेल, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय कपिलवस्तुका खाद्य निरिक्षक शंकर प्रसाद न्यौपाने, नेपाल पत्रकार महासंघका अध्यक्ष डिलाराम भुषाल, लुम्बिनी दर्पण राष्ट्रिय साप्ताहिकका व्यवस्थापक गणेश पोख्रेल लगायतको उपस्थिति रहेको थियो ।
सोही अनुगमनका क्रममा बोल्दै प्रशासकिय अधिकृत पुनाराम पौडेलले नियमित बजार अनुगमन गर्ने क्रममा भेटिएका अखाद्य सामान तथा मेद नाकेका बस्तुहरु बिक्री बितरण गर्ने र जनताको स्वास्थ्यमा खेलवाड गर्ने जो सुकैलाई कडा कार्बाही गर्ने बताउनु भएको छ ।
साथै अब नियमित रुपमा अनुगमन हुनेपनि जानकारी गराउनु भयो । अनुगमनका क्रममा भेटिएका म्याद नागेका खाद्य बस्तु, उत्पादन उल्लेख मिति नभएका, दालमोट, गुलसन मन्जन, पिय पदार्थ, होटेलका बासि खाना, तथा मिठाई पसलामा रहेका अखाद्य बस्तु नष्ट गरिएको छ ।

 

प्रकाशित मिति : ८ आश्विन २०७४ आइतबार ००:००  २ : ४१ बजे